Comments Add Comment

१०४ वर्षीया वृद्धाले लगाइन् कोरोनाविरुद्धको खोप

२५ फागुन, काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौं लगायत देशभर दोस्रो चरणको कोरोना खोप अभियान जारी छ ।

६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले पनि अहिले धमाधम आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाइरहेका छन् । काठमाडौंको चावहिलस्थित ऊँ अस्पताल खोप केन्द्रमा पनि जेष्ठ नागरिकहरु कोरोना खोप लगाउने पुगिरहेका छन् । सो खोप केन्द्रमा मंगलबार एकजना १०४ वर्षीया वृद्धाले खोप लगाएकी छन् ।

बिहान ११ बजे काठमाडौं महानगरपालीका-७ कुमारीगालकी १०४ वर्षीया वृद्धा मनरुपा चौलागाईंले कोभिड १९ विरुद्धको खोप लगाएको अस्पतालले जनाएको छ ।

छोरा-बुहारीका साथमा अस्पतालस्थित खोपकेन्द्र आएकी मनरुपाले १९९० सालको भुँइचालो जाँदाको क्षण र राणाकालिन एवं पञ्चायतकालिन समयको जनजीवनबारे चिकित्सक लगायत खोप लगाउन पुगेकाहरुलाई रोचक तथ्यहरु सुनाएकी थिइन् ।

१० सन्तानकी आमा मनरुपाले कोरोना महामारीबाट बच्नका लागि आफूले सधैं मास्क लगाएर हिड्ने गरेको बताइन् । कोरोनाले विशेष गरेर बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने भएकोले यो रोगबाट बच्नका लागि खोप लगाउन आएको र अरुलाई पनि लगाउन उनले आग्रह गरिन् ।

आफ्नो वडामा मनरुपा सबैभन्दा जेष्ठ नागरिक भएको भन्दै वडाध्यक्ष शुद्धकुमार डंगोलले खोप केन्द्रमा उनलाई स्वागत समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment