+
+
Shares

शोकप्रस्ताव पारित गरेर संसद बैठक चैत ३ गतेसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १३:३९

२६ फागुन, काठमाडौं । पूर्व तथा बहालवाला १४ सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?