Comments Add Comment

वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनमा हुने

२६ फागुन काठमाडौं । आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल इंग्ल्याण्डको साउथह्याम्पटनमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारत र न्युजिल्याण्डबीचको फाइनल खेल साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा ‘बाओ सेकर बबल’मा आयोजना गर्ने बुधबार जनाएको छ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) सँगको छलफलपछि आइसीसी बोर्डले उक्त निर्णय गरेको हो ।

न्युजिल्याण्ड टेष्ट च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल पुग्ने पहिलो टिम बनेको थियो । भारतले गत शनिबार सकिएको सिरिजमा इंग्ल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्डसँग फाइनल भेट पक्का गरेको हो ।

आइसीसीको क्रिकेट जनरल म्यानेजर जिओफ एलार्डाइसले  आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप फाइनल टेष्ट क्यालेन्डरको सबैभन्दा ठूलो इभेन्ट रहेको भन्दै क्रिकेटकै सबैभन्दा पुरानो फर्म्याटलाई राम्रोसँग मनाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment