+

मेयर्स कपमा पारस खड्काको शतक

२०७७ फागुन  २७ गते १३:३० २०७७ फागुन २७ गते १३:३०
मेयर्स कपमा पारस खड्काको शतक

२६ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।

उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।

पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ । उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीका सोमपाल कामी एक्लैले ५ विकेट लिए ।

काठमाडौं मेयर्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय