Comments Add Comment

चीनमा रिलिज होला त ‘लप्पन छप्पन २’ ?

केही बर्ष अगाडि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्रलाई चीनमा रिलिजका लागि प्रयास भैरहेको बताएका थिए । विश्वकै दोश्रो ठूलो बजारमा मानिने चीनमा चलचित्र रिलिज गरेर बलिउड निर्माताले करोडौ रकम कमाइरहेका छन् । हलिउड चलचित्रले पनि करोडौ रकम कमाउनुको पछाडि चीनको बक्स अफिसको योगदान उच्च छ ।

तर, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चीनमा चलचित्रको रिलिज प्रयास भैरहेको बताएपनि यो प्रयासमा कुनै फड्को भने देखिएको छैन । तर, बिहिबार आयोजना भएको चलचित्र ‘लप्पन छप्पन २’का निर्माता तथा निर्देशक मुकुन्द भट्टले चलचित्रलाई चीनमा रिलिज गरिने बताए । उनको, यो कुराले पत्रकार सम्मेलनमा उपस्थित चलचित्र पत्रकार तथा चलचित्रकर्मीका लागि उत्साह थप्यो ।

शान्त शर्माले चीनमा चलचित्र रिलिज गर्ने अधिकार लिएका छन् । निर्देशक भट्टका अनुसार, यो चलचित्र हिन्दी, तमिल, तेलुगु, भोजपुरी भाषामा पनि डब हुँदैछ । उनले, यी चार भाषामा चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुने बताएपनि चीनमा भने हलमै चलचित्र रिलिजको प्रयास भैरहेको बताएका थिए । यदि, चीनमा हलमा चलचित्र रिलिज हुन सकेन भने ओटीटी प्लेटर्फमा भएपनि रिलिज हुने उनको तर्क छ ।

नेपाली चलचित्रको बजार चीनसम्म पुर्याउन सक्ने हो भने राम्रो चलचित्र बनाउने निर्माताका लागि प्रेरणा बन्न सक्छ । के यसको सुरुवात ‘लप्पन छप्पन २’ले गर्ला त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment