Comments Add Comment

साइनो मेयर कप ब्याडमिन्टन : दीपेश, विष्णु र प्रिन्स अन्तिम आठमा

२८ फागुन, काठमाडौं । एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

शुक्रबार सम्पन्न खेलमा दीपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो वरीयता पाएका विष्णुले आफ्ना प्रतिद्वन्दि सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को कठिन जित निकाले ।

यसैगरी पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ्ग रहेका छन् । पविनले कैलालीका देवराज रानालाई २१-१६, १५-२१, २२-२० ले पराजित गरे ।

यसैगरी जीवनले सेनका गोकुल जोरालाई २१-१७, २१-१०, रुकेशले भूपू सैनिकका सुरज गुप्तालाई २१-१४, २१-१७, सहरोजले पुलिसका पूर्णबहादुर थापालाई २१-१७, १८-२१, २१-१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१-१६, २१-७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१-१४, २३-२१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन् ।

तारकेश्वर नगरपालिका १ साङ्गलास्थित साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकल तर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्वाटरफाइनलमा स्थान बनाए ।

महिलाको न्यून उपस्थिती रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना केसी २१-१०, २१-७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्याल माथि २१-६, २१-७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।

पुरुष युगल सी लेबलको प्रतिस्पर्धामा धादिङ्गका विपेन घले र राम मल्ल ठकुरीको जोडी र गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । क्वाटरफाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, सीडीबीएका किरण विष्ट र राजकुमार गुरुङको जोडी, कीर्तिपुरका द्रीपेश बज्राचार्य र निखिल भट्टको जोडी, भूपूका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोकबहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोक राज डङ्गोलको जोडी रहेका छन् ।

यस्तै पुरुष ४५ वर्ष माथिको युगल तर्फ जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी क्वाटरफाइनल प्रवेश गर्‍यो । गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ्ग र डी. बहादुर तामाङको जोडीले पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । क्वाटरफाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टस्का एम. बज्राचार्य र अनिल कुमार लाखेको जोडी, पीएफसीका पूर्ण हरि होना र संजय कपालीको जोडी, बुटवलका वीरेन्द्र सिंह विष्ट र मान बहादुर रानाको जोडी, जेष्टका राजाबाबु महर्जन र रुद्र थिङको जोडी, ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडी तथा चन्द्रागढीका हरि खत्री र भरत श्रेष्ठको जोडी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment