२९ फागुन, हेटौंडा । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप फुटबलमा संकटा क्लबले विजयी सुरुवात गरेको छ । शनिबार हेटौंडाको वन विज्ञान खेल मैदानमा भएको खेलमा संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो ।
पुलिसले खेलमा दबाब कायम राखेपनि स्कोर भने निकाल्न नसक्दा नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईचक्लेले गरेको गोल निर्णायक बन्यो । पुलिसले गरेको दुई प्रहारमध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेर फर्किएको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएपनि गोल गर्न भने सकेन ।
खेलको म्यान अफ दी म्याच संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबार विभागी टिम एपीएफ क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् ।
प्रतिक्रिया 4