+
+
Shares

लोक दोहोरी प्रतिष्ठान गुल्मीद्वारा विद्यालयलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २९ गते १८:५५

२९ फागुन, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले तम्घासको एक विद्यालयलाई सहयोग गरको छ ।

लोक दोहोरी दिवसको अवसरमा प्रतिष्ठान गुल्मीले फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्दै आएको उपल्लो तम्घास माध्यमिक विद्यालयमा तातो चिसो पानी आउने फिल्टर र खाजा सहयोग गरेको हो ।

शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठान गुल्मीका उपाध्यक्ष प्रकाश बस्नेतलगायतले विद्यालयका प्रधानाध्यापक पिंकी भुसाललाई सहयोग सामाग्री हस्तातरण गरेका हुन् । रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यामिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुले पढ्ने विद्यालयमा सफा पानी खुवाउने उद्देश्यले फिल्टर प्रदान गरिएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।

उपल्लो तम्घास माध्यमिक विद्यालयमा ३० जना फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?