+

उपाधि होड बलियो बनाउँदै सिटी, युनाइटेडमाथि १७ अंकको अग्रता

२०७७ चैत  १ गते ७:०४ २०७७ चैत १ गते ७:०४
उपाधि होड बलियो बनाउँदै सिटी, युनाइटेडमाथि १७ अंकको अग्रता

१ चैत, काठमाडौं । म्यानचेष्टर सिटीले फुलहमलाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड बलियो बनाउँदै लगेको छ ।  शनिबार राति भएको खेलमा लिग लिडर सिटीले फुलहमलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो ।

सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १७ अंकको अग्रतासमेत बनाएको छ । तर युनाइटेडले दुई खेल कम खेलेको छ ।

फुलमहले पहिलो हाफमा सिटीलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा सिटीले तीन गोल गरेको हो । सिटीले दोस्रो हाफमा १४ मिनेटको अन्तरमै सबै गोल गरेको हो ।

सिटीका लागि जोन स्टोन्सले ४७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५६औं मिनेटमा गाब्रीएल जेसस र ६०औं मिनेटमा सर्जियो अगुएरोले पर्नाल्टीमा गोल गरे ।

जितपछि सिटीको ३० खेलबाट ७१ अंक छ । दोस्रो स्थानको युनाइटेडको २८ खेलबाट ५४ अंक छ । फुलहम २९ खेलबा६ २८ अंकसहित रेलिगेसन जोन अर्थात १८औं स्थानमै छ ।

युनाइटेडले आज राती वेष्टहम युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ । २८ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा रहेको लेस्टर सिटीले आजै शेफिल्ड युनाइटेडसँग खेल्दैछ ।

 

म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय