
१ चैत, विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । उद्योग संगठन मोरङको ४८ औं साधारणसभाबाट प्याकुरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्याकुरेल एमएम प्लाष्टिक उद्योगका सञ्चालक हुन् ।
संगठनको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ७७ मत ल्याउँदै प्रदीपकुमार मुरारका निर्वाचित भएका छन् । मुरारकाले प्रतिस्पर्धी राकेश सुरानाले ७५ मत ल्याएका थिए ।
संगठनको उपाध्यक्षमा भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा विपिन कावरा पनि निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री राजन, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4