+
+
Shares

सेप्टेम्बरसम्म ८० प्रतिशत नागरिकलाई कोरोना खोप लगाउने इटालीको योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १५:३३
Photo Credit : REUTERS

१ चैत, काठमाडौं । इटालीले सेप्टेम्बरको अन्तिमसम्ममा मुलुकका ८० प्रतिशत नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने योजना बनाएको छ । इटालीमा कोरोना खोप कार्यक्रम निकै सुस्त चलिरहेको भन्दै आलोचना भइरहेको अवस्थामा इटालीले शनिबार यस्तो योजना सार्वजनिक गरेको हो ।

इटालीले पूर्ण क्षमतामा दैनिक पाँच लाख डोज कोरोना खोप दिने लक्ष्य रहेको बताएको छ । कोरोनाको कारण इटालीमा अहिलेसम्म एक लाख एक हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

इटालीमा अहिलेसम्म १९ लाख ५० हजार अर्थात तीन दशमलव ८ प्रतिशत मानिसले मात्र कोरोनाको दुवै डोज खोप लिएका छन् । इटालीले आगामी दिनमा मुलुकमा आउने कोरोना खोपको संख्या पनि बढ्ने अनुमान गरेको छ ।

इटालीमा करिब पाँच करोड १० लाख मानिस कोरोना खोप लगाउन योग्य मानिएका छन् । उनीहरुमध्ये ६० प्रतिशतलाई जुलाईको अन्तिमसम्ममा कोरोना खोप पुर्‍याउने इटालीको लक्ष्य छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?