Comments Add Comment

कुसबडिया जातिको परम्परागत पहिरन, जुन लोपोन्मुख अवस्थामा छ

आर्थिक स्थिति कमजोर भएको हुनाले पहिरन र गहनाहरु उनीहरुको फरक हुने गर्छ । उनीहरुको बसोबासको क्षेत्रको हिसाबले पनि उनीहरुको पहिरन र गहनाहरु निर्देशित हुन्छन् ।

प्रायः कुसबडिया जातिले सामान्यतया कम्मर मुनि लुंगी लगाउने एवं शरीरमाथि एउटा सर्ट र इस्टकोट लगाउनेगर्छन् । टाउकोमा पुरुषहरुले गम्छा बेर्ने चलन छ, जसलाई कगडी भन्ने चनन छ ।

केटा मान्छेहरु खासै गहना लगाउँदैनन् । केहीले दाह्री काटेर जुँगा पाल्ने गर्छन् । उनीहरुले घाँटीमा एक किसिमको माला लगाउने गर्छन् । जसलाई हड्डी भन्ने गरिन्छ । हिजोआज यो लगाउने मान्छे धेरै भेट्न सकिँदैन । तर यो आफ्नो व्यक्तित्व जनाउनको लागि प्रयोग गर्ने गरिन्छ ।

केही मान्छेहरूले चाँदिको माला समेत लगाउने गर्छन् ।

केटा मान्छेको तुलनामा केटीमान्छेहरुले धेरै कपडा र गहनाहरू लगाउने गर्छन् । विवाहित गिहारी महिलाहरुले सारी जस्तै देखिने लुघारा लगाउने गर्छन् र कम्मरमाथि ब्लाउज लगाउने गर्छन् । तर अविवाहित महिलाहरुले कमिज र सुरुवाल लगाउने गर्छन् । विवाहित महिलाहरु आफ्नो सारीको एउटा छेउले अनुहार छोप्ने गर्छन् । विशेषगरी आछारा(ससुरा)को अघि पर्दा अनुहार छोप्ने गरिन्छ ।

महिलाहरूले विभिन्न किसिमका चाँदीका परम्परागत गहनाहरु लगाउने गर्छन् । उनीहरुले नाकमा चुछी अर्थात् फुली जस्तै गहना लगाउँछन् । घाँटीमा चाँदीकै निकलेस लगाउँछन् । जसलाई स्थानीय भाषामा हसुली भनिन्छ । उनीहरुकोमा कलात्मक हिसाबले तयार पारिएको हसुली एकदमै महत्वपूर्ण गहना मानिन्छ । यो गहना पनि अहिले पाउन मुस्किल छ ।

यो गहना केवल कुसबडिया जातिमा मात्रै पाउने गरिन्छ । उनीहरुले कानमा टर्की(सुनबाट बनाइएको गहना) पनि लगाउने गर्छन् । चाँदीबाट बनेको गोधारा र चाँदीबाट नै बनेको मुनारी नामक कानमा लगाउने गहना पनि लगाउने गर्छन् । यसबाहेक पाउजु र औठी जस्ता गहनाहरू पनि कुसबडिया महिलाहरूले लगाउने गर्छन् ।

कुसबडिया महिलाहरू प्राकृतिक हिसाबले तयार पारिएको गाजल लगाउँछन् । गाजललाई उनीहरु काजरा भन्छन् । काजराको आध्यात्मिक महत्व एवं औषधीय महत्व समेत रहेको मानिन्छ । काजरा दियोबाट तयार पारिने एक किसिमको गाजल हो । उनीहरू काजया दियोलाई उज्यालोको लागि प्रयोग गर्छन् । यो दियोमा तोरीको तेल राख्ने गरिन्छ । दियो बलिसकेपछि बनेको कालो पदार्थलाई नै काजराको रुपमा लगाउने गर्छन् । काजराले आँखामा हुने विभिन्न समस्याहरू पूरा गर्छ भन्नेमान्यता राखिन्छ ।

दाङ र देउखुरीका थारुमहिलाहरुले जस्तो हातमा टाटु राख्ने चलन अधिकांश कुसबडिया जातिमा पाउन सकिन्छ । थारुहरूमा यो विवाहको प्रमाण दिनको लागि र अरुको आक्रमणबाट बच्नको लागि यो खोप्ने गरिन्छ भने कुसबडिया जातिमा अविवाहितहरूले पनि टाटु खोप्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment