Comments Add Comment

नेदरल्याण्ड्सले लगायो एस्ट्राजेनेकाको खोपको प्रयोगमा रोक

२ चैत, काठमाडौं । नेदरल्याण्ड्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । यो खोप लगाएपछि देखिनसक्ने सम्भावित साइड इफेक्टको आशंकाको कारण नेदरल्याण्ड्सले मुलुकमा यो खोपको प्रयोगमा रोक लगाउने बताएको हो । नेदरल्याण्ड्सको सरकारले यो प्रतिबन्ध मार्च २९ सम्म जारी रहने बताएको छ ।

यसअघि आयरल्याण्डले पनि एस्ट्राजेनेकाको कोरोना खोपमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको थियो । नर्वेमा यो खोप लिएका केही मानिसको रक्तनलीमा रगत जम्ने समस्या देखिएसँगै अन्य केही मुलुकले पनि यो खोपमा तत्कालका लागि रोक लगाउने निर्णय गरिसकेका छन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने रक्तनलीमा रगत जम्ने समस्याको खोपसँग कुनै पनि सम्बन्ध नभएको बताएको छ । युरोपेली मेडिसिन्स एजेन्सी (ईएमए)ले रक्तनलीमा रगत जम्ने समस्याबारे अध्ययन गरिरहेको छ । ईएमएले जोखिमको तुलनामा खोपको फाइदा धेरै रहेको बताएको छ ।

यसअघि नै डेनमार्क, नर्वे, आइसल्याण्ड र थाइल्याण्डले यसअघि नै यो खोपमा रोक लगाउने निर्णय गरिसकेका छन् । नेदरल्याण्ड्सले गम्भीर किसिमको साइड इफेक्टबाट बच्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ । एस्ट्राजेनेकाले भने खोपको सम्बन्ध रक्तनलीमा रगत जम्नुमा हुने गरेको कुनै प्रमाण फेला नपरेको बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment