Comments Add Comment

गीता ज्ञान : विनम्र पुरुष सबैलाई समान दृष्टिले देख्छ

श्रीमद् भागवत गीतामा श्रीकृष्णले प्राणीहरुमा समानताको शिक्षा दिएका छन् । सयौं वर्ष पहिले लेखिएको यो गीताको ज्ञान अझै पनि सान्दर्भिक छ । गीताको १५ औं अध्यायमा यस संसारमा सारा जीव मेरो अंश हो । उनीहरू ६ इन्द्रियसँग घोर संघर्ष गरिरहेका छन् भनिएको छ । त्यसमा मन पनि पर्छ । श्री कृष्ण यसलाई अझ स्पष्ट गर्दै भन्छन्। कि ‘विनम्र पुरुष आफ्नो वास्तविक ज्ञानका कारण सबैलाई समान दृष्टिले देख्ने गर्छ । प्रत्येक वाणीमा ईश्वर छन् भने फेरिभेद कसरी भयो रु कुनै पनि जीवलाई प्रताडित गर्नु वा कष्ट दिनु ईश्वरलाई कष्ट दिनु सरह हो । गीतामा समानताको यो स्वर सबैतिर पाउन सकिन्छ ।

छैटौं अध्यायमा भगवान श्रीकृष्ण भन्छन् ‘जब मनुष्य निष्कपट हितैषीहरु, प्रिय मित्रहरू, तटस्थहरू र मध्यस्थहरूका साथै शत्रु र मित्रलाई समेत समान देख्छ । त्यो अझ उन्नत स्वभाव हो । स्पष्ट कुरा यो हो कि हाम्रो सांसारिक सम्बन्ध जस्तो सुकै होस्, हाम्रो व्यवहारमा समानताको भाव हुनुपर्छ ।

संसारमा असमानताको भाव आधुनिक कालमा आएर मात्रै देखिएको हो । तर महाभारत कालमा नै समानताको भाव स्पष्ट रुपमा देख्न सकिन्छ । यसको पुष्टि कुनैपनि धर्मले आफूलाई उन्नत सम्झिए पनि अर्को धर्मप्रति भेदभावको ज्ञान कहिलै पनि दिँदैन ।

धर्मको नाममा आज समाज विभाजित छ । जाति प्रथाको नाममा समाज विभाजित छ, तर कुनै पनि संस्कृतिको मूल खोज्ने हो भने त्यसमा भेदभावको कुनै उल्लेख पाइँदैन । यो केवल पछिका विद्वानहरूले गरेको विभाजन मात्रै हो भन्ने कुरा गीतामा देखिने समानताको पाठबाट जान्न सकिन्छ ।

१८ अध्यायमा बाँडिएको गीताको सबै अध्ययामा रहेको विषयलाई केलाउँदा समानताको बारेमा गीतामा उल्लेख भएका विषयहरू मुख्यतया निम्नानुसार छन् ।

– जाति जन्ममा आधारित नभएर कर्ममा आधारित छ।

– एक बुद्धिमान व्यक्तिले सबैलाई उही दर्शनको साथ हेर्छ।

– व्यक्तिले त्यही कार्य गर्नुपर्छ जुन कार्य आफ्नो मनले मनपराउँछ ।

– उच्चस्तरीय काम देख्नमा सहज र राम्रो देखे पनि आफ्नो क्षमता जेमा छ त्यही काम गर्नुपर्छ ।

– कसैलाई पनि आफ्नो वर्ण अनुसार उच्च र निच भन्नु उपयुक्त होइन । किनकि ईमानदारीले हरेक कामबाट कल्याण प्राप्त गर्न सकिन्छ ।

जाति व्यवस्थाको बारेमा गीताको १८ औं अध्यायमा लेखिएको छ । परन्तु कैयौं ठाउँमा त्इसको भूमिका गाँसिएको समेत देख्न सक्छौं । सबैभन्दा पहिले कुरा गरौं अध्याय ४ को श्लोक संख्या १३ को अर्थ हुन्छ, ‘चार वर्ण मेरो यो सृष्टि व्यक्तिको स्वाभाविक गुण र कर्मको आधारमा बाँडिएको हो । तर हे अर्जुन, म यसको रचनाकार हुँदाहुँदै पनि यसबाट मुक्त छु ।

त्यस्तै, अध्याय ५ को श्लोक १५ मा भनिएको छ –

पूर्ण रूपमा ज्ञानी व्यक्ति, विनय युक्त ब्राह्मण, गाई, कुकुर हाती र यहाँसम्म कि अन्य सानासाना जीवमा समेत कुनै अन्तर छैन । यो श्लोकले मान्छे र जनावरबीच त कुनै सानो ठूलोको भाव छैन भने मान्छे–मान्छे बीचमा कसरी हुन्छ ?

अध्याय १८ को संख्या ४१ मा भनिएको छ –

हे अर्जुन, ब्राह्मण, क्षेत्रीय, वैष्य र शुद्र यी चार वर्ण सम्बन्धित व्यक्तिको स्वाभावले उत्पन्न गुणको आधारमा अलगअलग कार्यको लागि मात्रै विभाजन गरिएको हो । यसमा स्वभावको कुरा गरिएको छ, नकि जबरजस्ती सिकाउने ।

यसैको श्लोक संख्या ४२ मा भनिएको छ –

आत्म नियन्त्रण, तप शद्धता, दया, आर्जव, समानता, ज्ञान विज्ञान यी सबै व्राह्मणका स्वाभाविक गुण हो । यसमा कतै लेखेको छैन कि पूजापाठ गर्नेलाई ब्राह्मण भनिन्छ । ४३ औं श्लोकमा भनिएको छ –शौर्य, तेज, चलाखी, दृढता, दान र युद्धबाट नभाग्नु यी सबै क्षत्रीयको स्वाभाविक कर्म हो । त्यस्तै, ४४ औं श्लोकमा भनिएको छ –कृषि, गौपालन, वाणिज्य यी वैष्यका स्वाभाविक कर्म हो र सेवा नै शुद्रको स्वाभाविक कर्म हो ।

यसरी गीताले भेद केवल आफ्नो स्वाभाविक कर्मको आधारमा भए पनि सबै मानिस र जीवजनावर समेत समान रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment