Comments Add Comment

अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

३ चैत, काठमाडौं । अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्ने अन्जन नेपाली टिमका नियमित सदस्य हुन् । २२ वर्षीय अन्जनले नेपालको लागि २ गोलसमेत गरेका छन् ।

ललितपुरसँग सम्झौता गरेपछि अन्जनले टिमबाट नेपाल सुपर लिग खेल्न आतुर रहेको बताएका छन् ।

सोमबार नै धनगढी एफसीले विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोनामा आगामी बैशाख ११ गतेदेखि सुरु हुने एनएसएलमा विभिन्न शहरका ७ फ्रेन्चाईज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले आईतबार ७ फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको थियो ।

एनएसएलमा ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment