 
																			३ चैत, वीरगञ्ज । पर्साका एकजना व्यक्ति इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।
वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर मियाँ गम्भीर घाइते भएका हुन् । यो उद्योगका सञ्चालक मियाँ आफै हुन् ।
मियाँको शरीरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खनालले बताए । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4