
फाइल तस्वीर
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार बिहान पौने १० बजे कठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्किएको हो । तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको उनले बताए । हेलिकोप्टर पाँच यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा थियो ।
हेलिकोप्टरमा भएको क्षतिबारे भने विस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए । हेलिकोप्टर अहिले ग्राउण्डेड गरिएको छ । चालक र यात्रु सकुसल रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4