+

नेपाली बक्सर सुष्मा वर्ल्ड च्याम्पियनसीपमा छनोट

२०७७ चैत  ३ गते १८:०९ २०७७ चैत ३ गते १८:०९
नेपाली बक्सर सुष्मा वर्ल्ड च्याम्पियनसीपमा छनोट

३ चैत, काठमाडौं । नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् ।

छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३-२ को कठिन जित हात पारिन् । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रवेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५-० को स्कोरमा हराइन् ।।

उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्कासँग प्रतिस्पर्धा गर्नेछिन् । खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिइन् ।

छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्‍चालन हुनेछ ।

नेपाली बक्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय