३ चैत, काठमाडौं । ज्लाटन इब्राहिमोभिच पाँच वर्षपछि स्वीडेनको राष्ट्रिय टिममा फर्केका छन् । विश्वकप छनोटका लागि मंगलबार घवषणा गरिएको स्वीडेनको टिममा इब्राहिमोभिचले पनि स्थान बनाएका छन् ।
उनी पाँच वर्षपछि राष्ट्रिय टिममा परेका हुन् । सन् २०१६ को युरोबाट बाहिरिएपछि इब्राहिमोभिचले सन्यास लिएका थिए ।
सन्यासको निर्णयलाई परिवर्तन गर्दै इब्राहिमोभिच फेर राष्ट्रिय टिममा फर्केका हुन् । उनले सन् २०२० मा आफू राष्ट्रिय टिममा फर्कन सक्ने संकेत गरेका थिए । त्यसपछि स्वीडेनका प्रशिक्षक जाने एण्डरसन इब्राहिमोभिचलाई भेट्न मिलान पुगेका थिए ।
हाल इटालियन सिरी ए एसी मिलानबाट खेलिरहेका उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
२०१६ मा सन्यास लिनुअघि उनले ११६ खेल खेल्दै ६२ गोल गरेका थिए । यस सिजन उनले सिरी एमा १४ खेल खेल्दै १४ गोल गरेका छन् ।
२०२२ को विशवकप छनोट अन्तर्गत स्वीडेनले बिहीबार जर्जियासंग खेल्दैछ भने त्यसको तीन दिनपछि कोसोभोसंग खेल्नेछ ।
इब्राहिमोभिचले राष्ट्रिय टिममा परेपनि ुद रिटर्न अफ गडु भने ट्वीटरमा लेखेका छन् ।
The return of the God @svenskfotboll pic.twitter.com/hQThIdWRY0
— Zlatan Ibrahimović (@Ibra_official) March 16, 2021
६ फिट ५ इन्च अग्ला स्ट्राइकर इब्राहिमोभिचले १९ वर्षको उमेर सन् २००२ मा स्वीडेनका लागि डेब्यू गरेका थिए ।
प्रतिक्रिया 4