Comments Add Comment

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

४ चैत, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा रियलले १-० को जित हात पारेको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जामा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा ब्न्जामाको यो ७०औं गोल हो ।

६०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् ।

८३औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६औं पटक युरोपियन कप/च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment