Comments Add Comment

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

४ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै सिटीले समग्रमा ४-० को जित हात पारेको हो ।

सिटीले पहिलो लेगमा पनि २-० कै जित हात पारेको थियो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र इल्के गुन्डोगानले एक एक गोल गरे ।

खेलको १२औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।

सिटी लगातार चौथो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै मोन्चेनग्लाडबाकविरुद्ध दुई गोल गर्दै सिटीले यश सिजन सबैखाले प्रतियोगितामा गरेर १०१ गोल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment