+

एफसी चितवनकाे मार्की प्लेयरमा भरत खवास

२०७७ चैत  ४ गते १६:५१ २०७७ चैत ४ गते १६:५१
एफसी चितवनकाे मार्की प्लेयरमा भरत खवास

४ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास नेपाल सुपर लिगकाे फ्रेन्चाइज टिम एफसी चितवनमा मार्की प्लेयरको रुपमा अनुबन्धित भएका छन् ।

एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधबार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज केसीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि नै धनगढी फुटबल क्लबले विशाल राई र ललितपुरले अञ्जन विष्टलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेकाे छ ।

नेपाल स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयाेजना गर्न लागेकाे नेपाल प्रिमियर लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी लिग खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७८ बैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ ।

एफसी चितवन नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय