Comments Add Comment

सीआईबीका इन्स्पेक्टर र सईलाई अन्तर्राष्ट्रिय अवार्ड हस्तान्तरण

४ चैत, काठमाडौँ । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण गरेका हुन् ।

संयुक्त राष्ट्र संघको कन्फेरेन्स सेन्टरले गरेको भर्चुअल कार्यक्रममार्फत दिएको अवार्ड ब्युरोका निर्देशकले पन्थी र जोहारीलाई एक समारोहकाबीच दिएका हुन् ।

अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध उल्लेखनीय भूमिका खेलेको भन्दै उनीहरुलाई ५ फागुनमा पुरस्कृत गरिएको थियो ।

सीआईबीको पिल्लर ४ मा कार्यरत उनीहरुले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक लामालाई पक्राउ गर्न सफल भएका थिए ।

यो पनि पढ्नुस्

सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment