Comments Add Comment

नेपाली कांग्रेस नेता कोइरालाको निधन

५चैत, विराटनगर । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।

नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको राति करिब १ बजे मृत्यु भएको हो ।

कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका-८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment