Comments Add Comment

‘२ नम्बरी’का लागि सुटिङ मिति मिलाउनै धौ–धौ

गतबर्षको चैत्रमा छायांकनमा गएपनि चलचित्र ‘२ नम्बरी’को छायांकनको काम पुरा हुन सकेन । कोरोनाका कारण लकडाउन भएपछि यसको टिम पनि छायांकन गर्दा गर्दै काठमाण्डौ फर्किएको थियो । तर, अब यसको निर्माणपक्षलाई छायांकनको लागि सेड्यूल मिलाउन नै धौ धौ परिरहेको छ ।

चैत्रको दोश्रो साताबाट छायांकनमा जाने भनिएको चलचित्र अब यो मितिमा पनि छायांकनमा जान नसक्ने भएको छ । निर्माणपक्षका अनुसार, चलचित्रको छायांकन भदौमा हुनेछ ।

भुटानी नायिका उगेन छोदेन तत्काल नेपाल आउने संभावना छैन । अर्कोतिर, नायक दयाहाङ राइको पनि समय मिलाउन समस्या छ । उनी ‘बिहे पास र कबड्डी ४’का लागि समय दिन तयार भएका छन् । यसैले पनि दिपेन्द्र लामाको निर्देशनमा बनिरहेको यो चलचित्रको सेड्यूल नै मिल्न सकेको छैन । चलचित्रमा नायक पल शाह र नायिका वर्षा राउतको पनि मुख्य भूमिका छ ।

अरु थुप्रै नायिकाहरुको चलचित्रको छायांकन धमाधम हुँदा वर्षाको भने चलचित्र छायांकनमा जान सकेको छैन । उनीसँग लकडाउन अगाडि साइन गरेका चलचित्र मात्र हातमा छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको यो चलचित्रले २ साथीको कथालाई प्रस्तुत गर्ने बताइएको छ । तर, चलचित्रको छायांकन नै कहिलेबाट सुरु हुन्छ, टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment