Comments Add Comment

काठमाडौं रेजर्सको मार्की प्लेयरमा विकेश कुथु

५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपरलिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले विकेश कुथुलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको छ ।

काठमाडौंले बिहीबार एक कार्यक्रमकाबीच राष्ट्रिय टिमका गोलकिपर विकेशलाई टिमको मार्की प्लेयर र प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ ।

काठमाडौं टिमको कार्यकारी प्रमुखको रुपमा विज्ञानराज शर्मा रहेका छन् । काठमाडौंको स्वामित्व रहेको मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको उपस्थितिमा टिमका कार्यकारी प्रमुख विज्ञानराज शर्माले मार्की प्लेयर विकेश र प्रशिक्षक बालगोपालसँग सम्झौतामा हस्ताक्षर गरे ।

प्रशिक्षक बालगोपाल महर्जनले जिम्मेवारी पाउँदा खुशी लागेको बताए । ‘म एकदमै खुशी छु किनकी मेरो  छिमेकी टिम मैले हेर्न पाउँदा खुशी र गौरवान्वित छु’ उनले भने ।

मार्की प्लेयर विकेश कुथुले काठमाडौंसँग सम्झौता गर्दा खुशी लागेको बताए । ‘पहिलो पटक फ्रेन्चाइज लिग हुन लागेको छ हामी खेलाडी उत्साहित छौं’ उनले भने ।

एनएसएलका फ्रेन्चाइज टिममध्ये यसअघि नै धनगढी एफसीले मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको छ । यस्तै ललितपुर सिटी पुटबल क्लबले विंगर अन्जन विष्ट र चितवन एफसीले फरवार्ड भरत खवासलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेको छ ।

चितवनले मेघराज केसीलाई मुख्य प्रशिक्षक र शैलेस कर्माचार्यलाई सहायक प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलमा देशका विभिन्न शहरका ७ फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment