+

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

२०७७ चैत  ५ गते १७:०५ २०७७ चैत ५ गते १७:०५
नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)को लागि शुक्रबार अक्सन हुँदैछ ।

नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गर्ने एनएसएलका लागि अक्सनमा १५८ खेलाडी समावेश हुनेछन् ।
एन्फाले बिहीबार अक्सनका लागि ए, बी र सी श्रेणी गरी कुल १५८ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा समावेश छन् भने ६५ जना बी श्रेणीमा छन् । यस्तै सी श्रेणीमा ५८ जना खेलाडी रहेका छन् ।

एन्फाको प्राविधिक समितिले तीन श्रेणीमा खेलाडीको सूची सार्वजनिक गरेको हो ।

वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने एनएसएलमा देशभरका ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । १४ दिन सञ्चालन हुने प्रतियोगिता सिंगल राउण्ड रोविन लिगका आधारमा हुनेछ ।

नेपाल सुपर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय