+
+
Shares

हामी विभाजनको पक्षमा छैनौं, अन्तिम दमसम्म लड्छौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:२४

५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’

पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौं ।’

तर यो पनि त्यति सजिलो नभएको उनले बताए । आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै नेता नेपालले भने, ‘हामी जे त्याग गर्न पनि तयार छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?