
५ चैत, काठमाडौँ । सर्वाधिक चर्चिच हिन्दी सिरियल ‘रामायण’का मुख्य अभिनेता अरुण गोविल बिहीबार भाजपामा प्रवेश गरेका छन् । अरुण गोविलले नयाँ दिल्लीस्थित भाजपाको पार्टी कार्यालयमा सदस्यता लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सदस्यता दिएको भाजपाले जनाएको छ । रामानन्द सागरको सिरियल ‘रामायण’ मा उनले भगवान रामको भूमिका निभएका थिए ।
Actor Arun Govil joins BJP at party headquarters in New Delhi. #JoinBJP pic.twitter.com/eiI1aCdRRt
— BJP (@BJP4India) March 18, 2021
सदस्यता लिएपछि गोविलले भनेका छन्, ‘यो समयमा हाम्रो जे कर्तव्य छ, त्यो गर्नुपर्छ । मलाई राजनीति आजभन्दा पहिले बुझ्नै गाह्रो थियो, तर मोदीजीले जबदेखि देशलाई नेतृत्व गर्नुभयो, त्यतिबेलादेखि नै राजनीतिको परिभाषा बदलिएको छ।’ उनले आफ्नो मन मुटुमा लागेको कुरा गरिदिने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘ मेरो दिल-दिमागमा जे आउँछ त्यो गर्छु।’
भारतको पाँच राज्यमा हुने विधानसभाको चुनाव नजिकिँदै जाँदा अरुण गोविल विजेपीमा प्रवेश गर्नुलाई अर्थ पूर्ण रुपमा हेरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तर, पार्टीमा अरुण गोविलको भूमिका के हुन्न भन्नेबारेमा अहिलेसम्म निर्क्यौल गरिएको छैन ।
अरुण गोविलभन्दा अगाडि रामायणको दोस्रो अभिनेता पनि राजनीतिमा आइसकेका छन् । रामायणमा सीताको भूमिका निभाउने दीपिका खिचलियाबाहेक ‘हनुमान’को भूमिका निभाउने दारा सिंह तथा ‘रावण’को भूमिका निभाउने अरविन्द त्रिवेदी पनि राजनीतिक मैदानमा उत्रिइसकेका छन् ।
प्रतिक्रिया 4