
२९ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले आगामी आर्थिक वर्षको मौद्रिक नीति दिगो आर्थिक विकासको मार्ग चित्रको रुपमा आएको जनाएको छ । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा विश्लेषण गर्दै राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको परिसंघले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) आगामी आर्थिक वर्षको मौद्रिक नीतिको स्वागत गरेको छ । मौद्रिक नीतिमा नीतिगत अंकुश भन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको सीबीफीनले जनाएको छ । आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको परिसंघको बुझाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरुले पूँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पूँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने मौद्रक नीति आएको परिसंघले जनाएको छ।
बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको सीबीफीनको बुझाइ छ ।
निष्क्रिय/खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने वषयलाइ मौद्रिक नीतिले सम्बोधन गरेको परिसंघले जनाएको छ ।
बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र शेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने व्यवस्था गरेर उद्योगीको मनोबल बढाएको परिसंघले जनाएको छ ।
विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने व्यवस्थाले साना तथा मझौला व्यवसायीलाइ राहात मिलेनको परिसंघले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिने व्यवसथा समेट मौद्रित नीतिले समेटेको परिसंद्धले जनाएको छ ।
प्रतिक्रिया 4