+
+
Shares

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

रासस रासस
२०७७ चैत ५ गते १९:२५

५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?