Comments Add Comment

कतार फुटबल संघले एन्फालाई पठायो प्रो लाइसेन्स प्रशिक्षक

६ चैत, काठमाडौं । नेपालले प्रो लाइसेन्स प्रशिक्षक पाएको छ । कतार फुटबल फेडेरेसनसंग भउको एमओयु अनुसार कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स कोच/एएफसी कोचिङ इन्स्ट्रक्टर पाएको हो ।

कतार फुटबल फेडेरेसनले नेपाललाई कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाल पठाएको हो । एन्फाका अनुसार अब उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्नेछन् ।

एन्फा प्रवक्ता किरण राईले कतारसंगको विभिन्न सम्झौता अनुसार कोच पनि पठाउने सहमति भए अनुसार उनी नेपाल आएको बताए । ‘उनले अब नेपालमा कोचिङ डेभलपमेन्टमा काम गर्नेछन् ।’

अब्दुल्लाहले यसअघि कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसंग काम गरिसकेका छन् । यस्तै साउदी अरेबिया र कुवेतको क्लबमा पनि काम गरिसकेका छन् ।

अब अब्दुल्लाहले यही चैत १० गतेदेखि त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको खेल अवलोकन गर्नेछन् । उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनको सम्झौता अहिलेलाई १ वर्षको भएको एन्फा स्रोतले जनाएको छ । अब्दुल्लाह सोल्टी होटलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment