+
+
Shares

माधव नेपालले आफूसँगै केही नेताहरुको राजनीति सक्दैछन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते १६:४५

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरुको राजनीति समाप्त पार्न लागेकोे बताएका छन् ।

बालुवाटारमा शुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गरे ।

‘अब हामी एमालेलाई शुद्धीकरण र सुदृढीकरण गराउँदै लैजानुपर्छ,’ ओलीले भने । आजकै बैठकमा पार्टी कारबाहीको एजेण्डा पनि राखिएको छ । ओलीले त्यसतर्फ संकेत गर्दै अब केही नेताहरुको राजनीति समाप्त हुने बताए ।

ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दाबी गरे । ‘आगामी निर्वाचनमा हामीले दुई तिहाइ बहुमत ल्याउँछौं,’ ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?