Comments Add Comment

आदिवासी–जनजाति साहित्यकार महासंघको भेला सुरु, आज अध्यक्ष चुनिँदै

काठमाडौं । शनिबार सुरु भएको ‘आदिवासी जनजाति महासंघ’ नेपालको प्रथम राष्ट्रिय भेलाले आज अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने भएको छ ।

शनिबारदेखि ललितपुरका यलाखिम रेष्टुरेण्टमा सुरु भएको भेलाको उद्घाटन जनकवि दुर्गालाल श्रेष्ठको ‘सी अथें छाय् स्योतुँ भाय्’ शीर्षकको कविता वाचन गरेर गरिएको थियो । उक्त कविता नेपाल भाषामा रजनी मिला र खस भाषामा कवि चन्द्रवीर तुम्बापोले वाचन गरेका थिए ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै अनुसन्धानकर्ता कैलाश राईले आदिवासी जनजातिहरु प्रकृतिको अनुकुलनमा बाँच्दै आएको समुदाय रहेको बताइन् । उनका अनुसार आधुनिक राज्यको विकाससँगै आदिवासीहरु सबैभन्दा बढि उत्पीडन र उपनिवेशको सीकार भएका छन् ।

यस्तै नागरिक आन्दोलन अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैँमा प्रतिरोधको नाम भएको बताए । वाग्लेले भने, ‘नेपालको भविष्यको निर्माणमा आदिवासीहरुको मौलिकताले धेरै योगदान पुर्याउनेछ । किनकि नेपाल बहुभाषिक छ तर सोहि बहुभाषा दमनमा छ ।’

महासंघको संयोजक रहेका साहित्यकार राजन मुकारुङका अनुसार संस्थाले आदिवासी जनजाति साहित्यकारको साझा मोर्चा बनेर अगाडि बढ्ने बताए ।

‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो’ मुकारुङले भने, ‘अब नयाँ सौन्दर्य निर्माण गर्ने हो । सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्न यो महासंघ निर्माण भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment