Comments Add Comment

जोन र इमरानको ‘मुम्बई सागा’ले पनि तानेन दर्शक

भारतमा हल खुलेपनि दर्शकले चलचित्र हेर्न खासै रुची देखाएका छैनन् । बलिउडका नाम चलेका कलाकारका चलचित्रमा पनि दर्शकको उपस्थिती फितलो हुँदा प्रदर्शक र निर्मातालाई टाउको दुखाइको बिषय बनेको छ । शुक्रबारदेखि बलिउडका दुई सफल नायक जोन अव्राहिम र इमरान हाश्मी अभिनित चलचित्र ‘मुम्बई सागा’ रिलिज भएको छ । यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा धेरैको थियो ।

समिक्षागत रुपमा राम्रो प्रतिक्रिया पाउँदा पनि दर्शकले चलचित्र हेर्न मन गरेका छैनन् । चलचित्रले शुक्रबार २.८२ करोडको व्यापार गर्यो । यो चलचित्र ‘रुही’को भन्दा पनि कमजोर ओपनिङ हो । चलचित्रले शनिबार २.४० करोडको व्यापार गरेको छ ।

दुई दिनमा ५.२२ करोडको व्यापार गरेको चलचित्रले पनि दर्शकको साथ नपाउँदा बलिउड चलचित्रका लागि दर्शक कहिलेबाट हलमा फर्किन्छन् भन्ने प्रश्न उब्जिएको छ । बलिउड चलचित्रले महाराष्ट्रमा राम्रो व्यापार गर्छन् । तर, महाराष्ट्रमा कोभिडको केस दैनिक रुपमा बढिरहेकाले पनि दर्शक हलसम्म जान डराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment