+
+

बेलायतमा एकैदिन सात लाखभन्दा धेरैले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १२:३४

८ चैत, काठमाडौं । बेलायतमा एकैदिन दिन सात लाख ११ हजारभन्दा धेरैले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।

बेलायत स्वास्थ्य नियामकले दिएको जानकारीअनुसार शुक्रबार पहिलो र दोस्रो डोज गरी समग्रमा सात लाख ११ हजार १५६ डोज कोरोना खोप लगाइएको हो ।

बेलायती स्वास्थ्यमन्त्री माट हेन्ककले शुक्रबारको उपलब्धि बेलायतको लागि सैद्धान्तिकरुपमा ठूलो उपलब्धि भएको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि शुक्रबार कोरोनाविरुद्धको खोप लिनेमध्येका एक हुन् ।

अहिलेसम्म बेलायतका करिब आधा जनसंख्याले कोरोनाविरुद्धको खोप लिइसकेका छन् । अहिलेसम्म दुई करोड ६८ लाख ५२ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लिइसकेका छन् भने २१ लाख ३२ हजारभन्दा धेरैले कोरोनाविरुद्धको दुवै डोज लिइसकेका छन् ।

बेलायती स्वास्थ्यमन्त्री हेन्ककले बेलायतले एकैदिनमा कोरोनाविरुद्धको खोप अभियानमा यो सफलता पाउनु खुसीको कुरा भएको बताए । उनले यो अभियानमा सहभागी साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

बेलायतमा धेरैले कोरोना खोप लगाइसकेका भए पनि सीमा खोल्न हतार गर्न नहुने वैज्ञानिकहरुले बताएका छन् । यसबाट विदेशी पर्यटकहरुले कोरोनाको नयाँ प्रकार बेलायतमा पुनः ल्याउन सक्ने उनीहरुको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?