 
																			बलिउड नायिका रानी मुखर्जी आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९७८ मार्च २१ मा जन्मिएकी रानीको जन्मदिनको अवसर पारेर नयाँ चलचित्रको घोषणा गरिएको छ ।
रानीको मुख्य भूमिका रहने चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको हो । यो चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्नेछ । वास्तविक कथामा बन्न लागेको यो चलचित्रको छायांकन चाडै नै सुरु हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
रानीले यो चलचित्रलाई आफ्नो करिअरकै विशेष चलचित्र भनेकी छिन् । जन्मदिनमा घोषणा भएको चलचित्रको बिषयमा भारतीय मिडियासँग कुरा गर्दै रानीले भनिन्–‘जन्मदिनको सुरुवात यो भन्दा विशेष अरु तरिकाबाट हुनै सक्दैन । मेरो २५ बर्ष लामो बलिउड करिअरमा मैले करिअरकै विशेष चलचित्र साइन गरेकी छु । यो चलचित्र म सम्पूर्ण आमाहरुप्रति समर्पित गर्न चाहन्छु ।’
रानीले लामो समयदेखि यो चलचित्रको कथा पढेको र यसलाई आफूले विशेष चलचित्रको रुपमा लिएको बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4