Comments Add Comment

वेष्टहमले तीन गोल गरेपछि दुई आत्मघाती गोल गर्दै आर्सनलसँग अंक बाँड्यो

काठमाडौं । प्रिमियर लिगमा आइतबार वेष्टहम युनाइटेडले घरेलु मैदानमा तीन गोलको अग्रता लिएर पनि आर्सनलसंग अंक बाँड्न बाध्य भयो ।

खेलको ३२ मिनेटभित्र तीन गोल गरेको वेष्टहमले अग्रता जोगाउन सकेन र आर्सनलसँग ३-३ को बराबरीमा रोकियो । रोचक के भयो भने आर्सनलका लागि दुई गोल वेष्टहमकै खेलाडीले गरिदिए ।

लण्डन स्टेडियममा भएको खेलको १५औं मिनेटमै जेस लिनगार्डले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । जारोर्ड बोवनले १७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा टोमस साउसेकले गोल गर्दै वेष्टहमलाई ३-० को अग्रता दिलाइसकेका थिए । तर त्यसपछि खेल उल्टियो । ३८औं मिनेटमा साउसेकले नै आत्मघाती गोल गर्दा आर्सनलले खेलमा फर्कने अवसर पायो । तैपनि पहिलो हाफमा वेष्टहमले ३-१ को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा पनि वेष्टहमकै खेलाडीले आत्मघाती गोल गर्दै आर्सनललाई सहज बनाइदिए । यस पटक क्रेइग ढवसनले ६१औं मिनेटमा आत्मघाती गोल गरे र खेल ३-२ को अवस्थामा पुग्यो । ८२औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनलले खेल ३-३ को बराबरी अवस्था पुर्‍यायो । त्यसपछि थप गोल नहुँदा आर्सनल अंक खोस्न सफल भयो ।

बराबरीपछि वेष्टहमले चेल्सीसंग अंक बराबरी गर्ने मौका गुमायो । २९ खेलबाट ४९ अंङ्क जोडेको वेष्टहम पाँचौँ स्थानमै यथावत छ । समान खेलबाट ५१ अंकसहित चेल्सी चौथो स्थानमा छ ।

आर्सनल २० खेलबाट ४२ अंकसहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment