Comments Add Comment

बुद्ध वचन : आफ्नै क्षमतामा रमाउनुपर्छ, अरूमा निर्भर हुनु नै दु:खको कारण हो

भगवान् बुद्ध चार आर्य सत्य र अष्टाङ्गिक मार्गका प्रणेता हुन् । आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् ।

उनले भनेको चार आर्यसत्यमध्ये दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध, दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध, दु:खको निवारण नै दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार र दु:खको निवारणको मार्ग भनेको नै सत्य हो  भनेर आर्य अष्टाङ्गिक मार्गको बोध र यसको पालना गर्नुलाई नै दु:ख निवारणको उपाय बताएका छन् । आर्य अष्टांगिक मार्गलाई पनि उनले शील, समाधि र प्रज्ञाको रूपमा वर्गीकरण गरेका छन् ।

उनका केही जीवन उपयोगी वचनलाई तल उल्लेख गरिएको छ ।

–घृणाको अन्त्य घृणाबाट हुन सक्दैन । यो त केवल प्रेमको माध्यमबाट मात्रै सम्भव छ । यही नै शाश्वत सत्य हो ।

– स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो धन हो र विश्वास नै उत्तम सम्बन्ध हो।

– के बितेको छ भनेर सोच्नुहोस् र भविष्य को सपनाबारे चिन्तित पनि नहुनुहोस् । बस् वर्तमानमा मात्र ध्यान दिनुहोस्।

– मानव मस्तिष्कभित्र नै शान्तिको बास हुन्छ । यसलाई बाहिर नखोज्नुहोस्।

– आफ्नै क्षमतामा काम गर्नुहोस्, अरूमा निर्भर नहुनुहोस्।

–अनुशासनहीन मनभन्दा उदण्ड अरू केही छैन । अनुशासित मनभन्दा आज्ञाकारी अरू केही छैन ।

– हामीलाई आफूबाहेक अरू कसैले जोगाउन सक्दैन । हामीले आफ्नै मार्ग पछ्याउनुपर्छ ।

–पूरा ब्रह्माण्डमा तपाईं एउटा यस्तो व्यक्ति खोज्नुहोस् जसले तपाईंलाई आफूलाई भन्दा धेरै प्रेम गर्छ । तर तपाईंले त्यस्तो व्यक्ति कतै पाउनुहुन्न । जसले पनि सबैभन्दा धेरै प्रेम आफू स्वयंलाई गर्छ ।

–शरीरलाई स्वस्थ राख्नु पनि कर्तव्य हो, अन्यथा तपाईंले आफ्नो दिमाग र सोच राम्रो बनाउन तथा सफा राख्न सक्नुहुन्न ।

– तीनवटा चीज लामो समयसम्म लुक्न सक्दैन । सूर्य, चन्द्रमा र सत्य ।

– जसरी एउटा मैनबत्तिले हजारौं मैनबत्ती जलाउन सक्छ र पनि पुरानो मैनबत्तिको ज्वाला कम हुँदैन । त्यस्तैगरी एक अर्कासँग खुशी बाँड्दा कहिलै पनि खुसी कम हुँदैन ।

–हामी हाम्रो सोचाइले बनेका छौं, त्यसैले हामी सोचेजस्तै बन्छौं । जब दिमाग शुद्ध छ, खुशी तपाईंसँगै छाया जस्तै बनेर जान्छ । तपाईंको दिमाग भनेको सबै चीज हो, तपाईं जे सोच्नुहुन्छ त्यही हुनेछ।

–निष्क्रियता मृत्युको छोटो बाटो हो । मेहनती हुनु राम्रो जीवनको मार्ग हो। मुर्ख व्यक्तिहरू निष्क्रिय हुन्छन् र बुद्धिमान मानिस परिश्रमशील हुन्‍छन् ।

–परिवारलाई खुसी, सुखी र स्वस्थ राख्नका लागि सबभन्दा महत्त्वपूर्ण भनेको अनुशासन र दिमागमाथिको नियन्त्रण हो । यदि कुनै व्यक्तिले आफ्नो दिमागलाई नियन्त्रणमा राख्छ भने उसले ज्ञानको बाटो भेट्टाउँछ।

–रिस भनेको अरूमाथि तातो कोइला फाल्नु जत्तिकै हो, जसले तपाईंको हातलाई पहिले जलाउनेछ।

–आफैंलाई जित्न हजारौं लडाइँ जित्नु भन्दा कठिन हुन्छ । तब त्यो विजय तपाईं‌को हुनेछ जसलाई कसैले पनि आफैँबाट खोस्न सक्दैन ।

– हाम्रो वास्तविक जीवनको सबैभन्दा ठूलो असफलता हामी अव्यावहारिक हुनु हो । त्यसकारण सधैं नरम-बोली र जीवनमा सत्यवादी हुनुहोस् ।

–जसरी मैनबत्तीले आगो बिना प्रकाश छर्न सक्दैन, त्यसरी नै आत्मिक जीवन बिना पनि मानिस बाँच्न सक्दैन।

–जब हामी बोल्छौं, हामीले ध्यानपूर्वक हाम्रो शब्दहरू छनौट गर्नुपर्छ । ताकि श्रोतामा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पर्छ। त्यो बुझ्नु जरूरी छ ।

– तपाईंले जे पाउनु भएको छ । त्यसमा घमण्ड नगर्नुहोस् वा अरूको ईर्ष्या पनि नगर्नुहोस् । घमण्डी र ईर्ष्यालु मानिसहरूले कहिल्यै मनैदेखि शान्ति पाउँदैनन् ।

– मनमा शान्ति ल्याउने शब्द हजारौं फगतका शब्दहरू भन्दा उत्तम हुन्छ ।

– कुनै विवादमा जब हामी रिसाउँछौं, त्यसले हामीलाई सत्यको मार्गबाट विचलित गराइसकेको हुन्छ ।

–आफ्नो उद्धारको लागि आफैँ सचेत हुनुहोस् । अरूमा निर्भर नहुनुहोस् ।

– एक जंगली जनावरभन्दा कपटी र दुष्ट मित्रसँग बढी डराउनुपर्छ। एउटा जनावरले केवल तपाईंको शरीरलाई हानि गर्न सक्छ । तर एक कपटी साथी तपाईंको बुद्धिलाई नै हानि गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment