+
+
Shares

‘राष्ट्रिय बृहत आर्थिक बहस’ शनिबार, प्रधानमन्त्री सहभागी हुने

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाबारे साझा धारणा तय गर्न बहस आयोजना गरिएको महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ शनिबार आयोजना गर्ने भएको छ।
  • कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, र अन्य मन्त्रीहरूको सहभागिता रहने महासंघले जनाएको छ।
  • कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिव, राजदूत, विकास साझेदार र निजी क्षेत्रका प्रमुखहरू सहभागी हुनेछन्।

२१ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ ।

यस्तै कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिव, नेपालस्थित विभिन्न देशका राजदूत, विकास साझेदार र नियोग प्रमुख एवं प्रतिनिधि तथा निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन् ।

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाबारे साझा धारणा तय गर्न बहस आयोजना गरिएको महासंघले जनाएको छ ।

उद्योग वाणिज्य महासंघले यस अघि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो शृङ्खला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?