+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड २०२५ प्राप्त गरेको छ।
  • अवार्ड नेपालमा हरित सिप विकास र सार्वजनिक निजी क्षेत्र सहकार्यमा पुर्‍याएको योगदानका लागि प्रदान गरिएको हो।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि शर्माले लन्डनमा आयोजित सम्मेलनमा अवार्ड ग्रहण गरी महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलाई हस्तान्तरण गरे।

११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड २०२५ प्राप्त गरेको छ ।

नेपालमा हरित सिप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याएको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोबर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोबल २०२५ सम्मेलनका क्रममा प्रदान गरिएको थियो ।

सोही अवसरमा नेपाली साझेदारहरूको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि शर्माले अवार्ड ग्रहण गरे । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जिसाब) को औपचारिक शुभारम्भ कार्यक्रम अवसरमा सचिव शर्माले महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलाई सो अवार्ड हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै सचिव पौडेलले यो अवार्डले बेलायत र नेपालका संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको धारणा राखे ।

गोइङ ग्लोबल पार्टनरसिप अवार्ड अन्तर्गत ब्रिटिस काउन्सिलको गोइङ ग्लोबल पार्टनरसिप कार्यक्रमको पाँचौं वार्षिकोत्सवका अवसरमा यस अवार्डबाट संस्थाको सहयोगमा सञ्चालित प्रभावकारी, विशिष्ट र प्रेरणादायी परियोजनालाई सम्मान गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?