+
+
Shares

निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १२:४१

१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेटेर महासंघ टोलीले सो माग गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले घटनामा संलग्नहरु माथी कारबाही नगर्ने हो भने समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरिक्षक कार्कीको ध्यानाकर्षण गराए ।

उनले घटनाको जाहेरी लिन पनि नेपाल प्रहरीलाई आग्रह गरे ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि सुरक्षा पहिलो शर्त भएको भन्दै प्रहरीसँग सुरक्षा माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?