२१ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा भक्तपुरबाट ४ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई भक्तपुरको सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, रामेछापको खाँडादेवी गाउँपालिका-६ घर भई हाल भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहटको दुर्गा भगवती गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय सञ्जितकुमार ठाकुर रहेका छन् ।
भक्तपुर मध्यपुर थिमि नगरपलिका-५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र वडा नम्बर २ मा रहेको प्रहरी प्रभाग सानोथिमि तोडफोड तथा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
प्रतिक्रिया 4