 
																			१४ कात्तिक, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ परेका छन् ।
२४ भदौमा काभ्रेको विभिन्न सरकारी तथा निजी भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा पनौती नगरपालिका-३ का अनिष सापकोटा, वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी, वडा नम्बर २ का स्यान्जी भन्ने सुवास तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् ।
पनौती–३ का सापकोटा विरुद्ध यसअघि समेत मुद्ध्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेथानचोकका तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथी जिल्ला अदालत काभ्रेबाट आपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4