+
+
Shares

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा मकवानपुरबाट ५ जना पक्राउ

२४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा मकवानपुरबाट ५ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १९:२५

२६ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा मकवानपुरबाट ५ जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको आरोपमा सोही ठाउँमा बस्ने ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीइ सुरेन्द्र राना मगर पक्राउ परेका छन्  ।

यसैगरी बागमती प्रदेश सभा सचिवालयको भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड र आगजनी  गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका-१ बस्ने २७ वर्षीया पुनम ठाकुर, सोही ठाउँका २७ वर्षीय प्रमोद महतो र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ बस्ने ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घताने रहेका छन् ।

उनीहरूमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?