Comments Add Comment

सनराइज ब्लूचिप फन्डमा लगानीकर्ताको उल्लेखनीय सहभागिता, कति पर्‍यो जम्मा आवेदन ?

९ चैत, काठमाडौं । सनराइज क्यापिटलले बिक्री खुला गरेको सनराइज ब्लुचिप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सनराइज क्यापिटलका फन्ड म्यानेजरका अनुसार आइतबार साँझ ५ बजेसम्म ५६ हजार ८० जना आवेदकहरुले आवेदन दिएका छन् । सो मध्ये करिब १२ प्रतिशत आवेदनको सी आश्वा बैंकमार्फत रुजु हुन बाँकी रहेको छ भने हालसम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । सनराइज क्यापिटलले चैत्र १ गतेदेखि सनराइज म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।

जस मध्ये कुल इकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको थियो । सनराइज क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको थियो । यो दश वर्षे बन्दमुखी योजना रहेको छ ।

सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment