
९ चैत, काठमाडौँ। बैंकिङ कसूरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगर ३० घर भइ ललितपुरको नखीपोटमा बस्दै आएका ४१ वर्षीय पूर्ण लामा रहेका छन् । उनलाई प्रहरीको टोलीले जावलाखेलबाट पक्राउ परेको हो ।
दुर्गामान मोक्तानले सञ्चालन गरेको लेजर इन्फोटेक प्रालिलाई आफ्नो खातामा पर्याप्त रकम नभएतापनि २० लाख बराबरको बाउन्स चेक लामाले दिएका थिए ।
मोक्तानलाई बाउन्स चेक दिएको भन्दै उच्च अदालत पाटनले २०७७ मंसीर ९ गते बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै लामालाई बैकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम १५ (पन्ध्र) दिन कैद र विगो २० लाख रुपैयाँ जरिवाना उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4