Comments Add Comment

बाघको छालासहित चारजना पक्राउ

९ चैत, काठमाडौं । बाँकेमा पाटे बाघको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का ५० वर्षीय गंगाबहादुर खत्री, सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई गाउँपालिका-४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका-४ का ३८ वर्षीय ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामास्थित सुर्खेत-कोहलपुर सडकखण्डमा अवैध बाघको छाला तथा हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा पाटे बाघको छालासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

चिसापानी तर्फबाट कोहलपुरतर्फ सँगै पैदल आउँदै गरेका चार जनालाई रोकेर चेकजाँच गर्ने क्रममा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र गंगबहादुर खत्रीले बोकेको प्लाष्टिकको बोराभित्र बाघको जस्तो देखिने हड्डी २ केजी ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज को कार्यालयमा पठाउने तयार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment