+
+
Shares

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १५:१४

९ चैत, काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले अनलाइनखबरसँग भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।’

चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?