+
+
Shares

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १७:२१

१० चैत, काठमाडौं । बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंको जोरपाटीबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ का बुद्धिबहादुर तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई चेक अनादर गरेको मुद्दामा दोषी ठहर गर्दै गत फागुन १७ गते उच्च अदालत पाटनले ६ दिन कैद र १९ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी कुमारी तामाङलाई कृषि विकास बैंकको जोरपाटी शाखामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर दिएको प्रहरीको भनाइ छ ।

उनलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?